Kathmandu Press

विप्लव समूहसँग वार्ता भएपनि औपचारिकता पाउन सकेन : पाण्डे

काठमाडौं, साउन १ : राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता भएपनि त्यसले औपचारिकता पाउन नसकेको बता....

विप्लव समूहसँग वार्ता भएपनि औपचारिकता पाउन सकेन : पाण्डे

काठमाडौं, साउन १ : राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता भएपनि त्यसले औपचारिकता पाउन नसकेको बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पाण्डेले आफूलाई सरकारले दिएको संयोजकको जिम्मेवारीको समय सकिएकाले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल भएपनि औपचारिता प्राप्त गर्न नसकेको बताएका हुन्।

सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो। संयोजकका लागि पाण्डेलाई सरकारले दिएको समय सकिएको छ। 

नेकपाका सांसद समेत रहेका पाण्डेले आफूले विप्लव समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलगायत पोलिटव्यूरो सदस्यहरुसँग छलफल गरेको भएपनि संचारमाध्यममा आएजस्तो नभएको स्पष्ट पारे।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कांग्रेस वार्ता तथा संवादको पक्षमा रहेको भन्दै वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताए।
 

प्रकाशित मिति: १९:३९ बजे, बुधबार, साउन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्