Kathmandu Press

थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा ८७०४ पीसीआर र  २६२२ एन्टीजेन परीक्षण भएका छन।
थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

काठमाडौं, भदौ ७ : पछिल्लो २४ घण्टामा देशभर थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १५४८ र एन्टीजेनमा २५३ गरी १८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ। पछिल्लो २४ घण्टामा ८७०४  पीसीआर र  २६२२ एन्टीजेन परीक्षण भएका छन।

मन्त्रालयका अनुसार सोही समयमा १९२४ जना संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: १७:२४ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्