Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभामा केसीले गरेको विश्वासको मतको पक्षमा ४२ मत परेको छ।
लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं, भदौ ७ : लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले विश्वासको मत पाएका छन् ।

सोमबार प्रदेशसभामा केसीले गरेको विश्वासको मतको पक्षमा ४२ मत परेको छ । 

प्रदेशसभामा मुख्य विपक्षी दल एमालेका सांसद उपस्थित नभएका कारण विपक्षमा शून्य मत परेको छ । एक सांसद तटस्थ बसेका छन् ।

लुम्बिनीका चार दलको समर्थनमा केसी २८ साउनमा मुख्यमन्त्री बनेका थिए । उनले सोमबार विश्वासको मत लिने कार्यसूची प्रदेशसभा सचिवालयले प्रकाशित गरेको थियो ।

सोमबार अपराह्न बसेको प्रदेशसभा बैठक एमालेले अवरुद्ध गरेको थियो भने दोस्रो बैठकमा एमाले सांसदहरू अनुपस्थित रहेका थिए । तेस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन् ।

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्