Kathmandu Press

१० बुँदे कार्यान्वयनसँगै पार्टीका समस्या बिस्तारै हल हुँदै जानेछन् : ज्ञवाली

काठमाडौं, भदौ ७ :  एमाले प्रवक्ता प्रदीप ज्ञवालीले असार २७ गते भएको १० बुँदे सम्झौताको कार्यान्वय प्रक्रिया अघि बढिसकेको बताएका छन्।आज एमाले अध्यक्ष...
१० बुँदे कार्यान्वयनसँगै पार्टीका समस्या बिस्तारै हल हुँदै जानेछन् : ज्ञवाली

काठमाडौं, भदौ ७ :  एमाले प्रवक्ता प्रदीप ज्ञवालीले असार २७ गते भएको १० बुँदे सम्झौताको कार्यान्वय प्रक्रिया अघि बढिसकेको बताएका छन्।

आज एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालकोटमा भएको एकता पक्षधरहरूको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ज्ञवालीले पार्टी जेठ २ मा फर्किसकिएको र १०बुँदे कार्यान्वयनसँगै पार्टीमा देखिएका समस्याहरु बिस्तारै हल हुँदै जाने विश्वास व्यक्त गरे।

नेपाल समूहबाट अलग भएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत नेता र अध्यक्ष ओलीबीच बोलकोटमा भएको छलफलमा महासचिव ईश्वर पोखरेल र प्रवक्ता प्रदीप ज्ञवाली पनि सहभागी थिए।

ज्ञवालीले जेठ २ मा भएका संरचना क्रियाशील हुने तर विभाजनतिर लाग्नेहरुकाको हकमा त्यो लागु नहुने उनले स्पष्ट पारे। सौहार्दपूर्ण वातावरणमा छलफल भएको उल्लेख गर्दै उनले मंगलबार बस्ने स्थायी कमिटीको बैठकले नयाँ योजना तय गर्ने बताए। भोलिकै बैठकले अर्को पार्टीमा लागेका साथिहरुलाई फर्केर आउन औपचारिक आह्वान गर्ने पनि उनले बताए।

उनले ‘अहिले नयाँ दलमा लागेको भए पनि फर्किएर आए पहिलेकै पदमा जिम्मेवारी हुनेछ,’ उनले भने। तर नयाँ पार्टी दर्ता प्रक्रियामा अघि बढिसकेको माधवकुमार नेपाल भने पार्टीमा फर्केला भन्ने आशा एमालेले नराखेको पनि उनको भनाइ थियो। नेता नेपाल नफर्किए पनि अरु नेता फर्केर आउनेमा विश्वास उनले वयक्त गरे।

नेता नेपाललाई संकेत गर्दै उनले भने, ‘पार्टी नै दर्ता गरिसकेपछि उहाँ एकतामा फर्किनु होला भन्ने विश्वास कसरी गर्न सकिन्छ। उहाँले अलग्गै बाटो तय गरिसक्नुभयो।’

नेता नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकिकृत समाजवादी) दर्ताको सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएको छ। सोही दिन उक्त दलले दर्ता हुने सम्भावना छ।

दल दर्ता प्रक्रियामा रहेका अन्यलाई उक्त प्रक्रिया नलाग्न आग्रह गरिने ज्ञवालीले बताए। मझधारमा रहेका नेताहरुसँग ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्