Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत

सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । 
लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत

बुटवल, भदौ ७ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन्। सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । 

उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ।

एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले आफूहरुलाई विश्वासको मतसम्बन्धी प्रस्तावबारे जानकारी नभएको भन्दै बैठकमा सहभागी नभएको बताए।

भदौ १ गतेदेखि नवौँ अधिवेशन सुुरु भए पनि विपक्षी दल एमालेले लगातार अवरुद्ध गर्दै आएको छ। 

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्