Kathmandu Press

इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षे जेल सजायको फैसला

जाकार्ता, भदौ ७ : इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ। कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध...
इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षे जेल सजायको फैसला

जाकार्ता, भदौ ७ : इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ। 

कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो। 

पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई जाकार्ता अदालतले दोषी रहेको पर्याप्त प्रमाण र आधारहरु रहेको जनाएको छ। 

अनियमितताको आशङ्का र आरोप लागेपछि स्थलगत निरीक्षण गर्दा उनले अनियमितता नै गरेको भेटेपछि गत डिसेम्बरमा पक्राउ गरिएको थियो।  

उनलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलर बराबरको जरिवाना तिराउनसमेत अदालतले आदेश दिएको छ। 

राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताएका छन्।

इन्डोनेसियामा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको छ। धेरै राजनीतिक नेताहरु अनियमिततासम्बन्धी घटनामा मुछिने गरेका छन्। त्यसैगरी दण्ड सजय पनि धेरैलाई हुने गरेको छ। 

यसअघि अर्का मन्त्रीलाई पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएपछि पाँच वर्षका लागि जेल सजाय तोकिएको थियो।  
 

प्रकाशित मिति: १६:११ बजे, सोमबार, भदौ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्