Kathmandu Press

एमाले नेताकार्यकर्तालाई एकताको पक्षमा उभिन योगेशकाे आह्वान

काठमाडौं, भदौ ७ : एमाले सचिव योगेश भट्टराईले एमाले नेताकार्यकर्तालाई एकताको पक्षमा उभिन आह्वान गरेका छन्।पार्टी अध्यक्ष केपी ओलीसँग उनको निवासमा सोमबार छलफल...
एमाले नेताकार्यकर्तालाई एकताको पक्षमा उभिन योगेशकाे आह्वान

काठमाडौं, भदौ ७ : एमाले सचिव योगेश भट्टराईले एमाले नेताकार्यकर्तालाई एकताको पक्षमा उभिन आह्वान गरेका छन्।

पार्टी अध्यक्ष केपी ओलीसँग उनको निवासमा सोमबार छलफल गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कोही पनि पनि विभाजन पक्षमा जान नहुनेमा जोड दिए। नयाँ पार्टी दर्ताका लागि अघि बढिरहेका नेताहरुलाई संकेत गर्दै उनले एमालेमा फर्किए कसैमाथि अन्याय नहुने विश्वास व्यक्त गरे।

‘धीरताका साथ उत्तेजना र आवेगमा नआई धैर्य गरेर पार्टी एकता प्रक्रियामा सहभागी हुन सबै नेताकार्यकर्तालाई अपिल गर्छु,’ उनले भने, ‘पार्टी अध्यक्षले पनि पार्टी एकतामा प्रतिबद्धता जनाउनुभएको छ।’

आज बालकोटमा भएको छलफलमा २०७५ जेठ २ को अवस्थाबाट पार्टीलाई अघि बढाउने सहमति भएकाे जानकारी दिए। मंगलबारको स्थायी कमिटी बैठकले एउटा निष्कर्ष निकाल्ने पनि उनको भनाइ थियो।

‘हाम्रा पुराना जिम्मेवारीहरु कायमै रहनेछन्। पार्टीभित्र कसैमाथि पनि पक्षपात र अन्यायपूर्ण व्यवहार हुँदैन भन्ने सुनिश्चितता पार्टी स्थायी कमिटीले गर्नेछ,’ उनले भने।

मंगलबार बस्ने स्थायी कमिटी बैठकले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनबारे ठोस योजना तयार पार्ने दाबी उनले गरे।

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्