Kathmandu Press

कर्मचारीको कार्यशैलीमा परिवर्तन नआएसम्म समृद्धि असम्भव : मन्त्री यादव

काठमाडौं, साउन १ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुको कार्यशैलीमा परिवर्तन नभएसम्म मुलुकलाई आर्थिक समृद्धिको दि....

कर्मचारीको कार्यशैलीमा परिवर्तन नआएसम्म समृद्धि असम्भव : मन्त्री यादव

काठमाडौं, साउन १ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुको कार्यशैलीमा परिवर्तन नभएसम्म मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन नसकिने बताएका छन्।

बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले लिएको समृद्धिको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई निर्देशन दिए।

उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न कर्मचारीहरु प्रतिवद्ध हुनुपर्ने पनि स्पष्ट पारे। मन्त्री यादवले कर्मचारीहरुले नदीमा आएको छालजस्तो गतिविधि गर्न नहुने पनि दोहोर्‍याए।

मन्त्री यादवले कर्मचारीहरुले शासक नभई जनताको सेवकको रुपमा काम गर्नुपर्ने पनि बताए। नेता र कर्मचारीले शासक र प्रशासकको रुपमा काम गर्ने गरेकाले जनताले आफ्नो सेवा पाउन नसकेको मन्त्री यादवको भनाइ छ।
 

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, साउन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्