Kathmandu Press

पाकिस्तानका विदेशमन्त्री अफगानिस्तान जाने कार्यक्रम नरहेको पाकिस्तानको भनाइ

पाकिस्तानका विदेशमन्त्री अफगानिस्तान जाने कार्यक्रम नरहेको पाकिस्तानको भनाइ

इस्लामावाद, भदौ ७ : पाकिस्तान सरकारले यहाँका विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने भन्ने हल्ला मात्र हो भनेको छ। 

आइतबार पाकिस्तानका केही सञ्चारमाध्यमहरुले पाकिस्तानका विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने समाचार सार्वजनिक गरेका थिए। 

Hardik ivf

तर पाकिस्तानले भने सो समाचार सत्य नभएको जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरेर सो समाचारमा कुनै सत्यता नभएको र पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको भ्रमण गर्ने कुरा हल्लामात्र भएको जनाएको हो।

पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानको भ्रमण गर्ने भन्ने समाचार आएपछि विदेश मन्त्रालयलका प्रवक्ता जाहिद हाफिज चौधरीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन्। 

उनले आइतबार साँझ प्रकाशन गरेको विज्ञप्तिमा भनेका छन्, ‘यो सबै हल्लामात्र हो, पाकिस्तानका विदेशमन्त्री अहिले अफगानिस्तानको भ्रमणमा जाने कुनै कार्यक्रम नै छैन।’ 

यसअघि पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको विषयमा आवश्यक छलफल र परामर्श गर्नका लागि भन्दै विभिन्न छिमेकी देशको भ्रमण गर्ने कार्यक्रम रहेको थियो। 

विदेश मन्त्रालयका प्रवक्ता चौधरीले अहिले सो कार्यक्रम पनि स्थगित गरिएको र अफगानिस्तानका विषयमा आवश्यक सहयोगका लागि रुस, जर्मनी, टर्की, बेल्जियम तथा नेदरल्याण्डका विदेशमन्त्रीसँग फोनमा सम्वाद भने गरेको उनले जानकारी दिए। 
 

प्रकाशित मिति: १४:४७ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्