Kathmandu Press

एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

रुपन्देही, भदौ ७ : एमालेले लुम्बिनी प्रदेशसभाको आजको बैठक अवरुद्ध पारेको छ।एमालेले सूर्य चिह्नबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्री...
एमालेद्वारा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

रुपन्देही, भदौ ७ : एमालेले लुम्बिनी प्रदेशसभाको आजको बैठक अवरुद्ध पारेको छ।

एमालेले सूर्य चिह्नबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई कारबाही गरी पदमुक्त गर्न पत्राचार गरे पनि सभामुख पूर्णबहादुर घर्तीले त्यसलाई अस्वीकार गरेपछि एमालेका सांसदहरुले आजको बैठक अवरुद्ध पारेका हुन्।

बैठक आरम्भ हुनासाथ उनीहरूले  ‘हाम्रो माग पूरा गर’, ‘दलीय मर्यादा कायम गर’ भन्नेजस्ता नारा लगाएका थिए। उनीहरुको नाराबाजीका कारण बैठक केही समयका लागि लागि स्थगित गरिएको छ। केही समयपिछ बैठक फेरि सञ्चालन गर्ने जनाइएकाे छ।

एमालेले शाही र वलीलाई कारबाहीको माग गर्दै भदौ १ गते सचिवालयमा पत्र बुझाएको थियो। सोही दिनयता एमालेले प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएको छ।

सांसद शाही र वलीलाई पदमुक्त नगरेसम्म संसद चल्नै नदिने अडान एमालेकाे  छ। आजको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विपक्षीको विरोधका बाबजुद विश्वासको मत लिने तयारी गरेका थिए।

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्