Kathmandu Press

'एमालेबाट सभामुखलाई धम्की असंवैधानिक र अलोकतान्त्रिक आचरण'

गठबन्धनले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर विपक्षी दलका नेताहरूलाई संसदीय मर्यादाको अवलम्बन गर्न आग्रह पनि गरेको छ। संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहको दायित्व भएको पनि उनीहरुले स्पष्ट पारेका छन्।
'एमालेबाट सभामुखलाई धम्की असंवैधानिक र अलोकतान्त्रिक आचरण'

काठमाडौं, भदौ ७  : सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली एवं एमालेकै सांसदले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले विभिन्न मिडियामार्फत र सोही दलका अन्य केही सांसदले कार्यकक्षमै पुगेर सभामुख सापकोटाविरुद्ध बल प्रयोग हुन सक्नेलगायत धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै गठबन्धनले आपत्ति जनाएको हो।

गठबन्धनले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर विपक्षी दलका नेताहरूलाई संसदीय मर्यादाको अवलम्बन गर्न आग्रह पनि गरेको छ। संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहको दायित्व भएको पनि उनीहरुले स्पष्ट पारेका छन्।

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरषक पनि हो। सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् ।’ 

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न भन्दै संसद सचिवालयमा पत्राचार गरेको छ। सो पत्रबमोजिम ती नेताहरुलाई कारबाही नगरेको भन्दै ओलीले सभामुखलाई संसद चलाउन मन छ कि छैन भनेर प्रश्न गरेका थिए।

केही दिनअघि १४ सांसदलाई कारबाही गरेको सूचना तत्काल निकाल्न भन्दै कार्यकक्षमै पुगेर एमालेका केही सांसदले सभामुख सापकोटालाई दबाब दिएका थिए।  

हेर्नुहोस् विज्ञप्तिः

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्