Kathmandu Press

सतर्कता केन्द्रले गर्‍यो २५ सय कर्मचारीमाथि कारबाहीको सिफारिस

काठमाडाैं, साउन १ : राष्ट्रिय सतर्कता केन्द्रले दुई हजार ५६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ।

केन्द्रले गत आर्थिक वर्षमा समयपालना....

सतर्कता केन्द्रले गर्‍यो २५ सय कर्मचारीमाथि कारबाहीको सिफारिस

काठमाडाैं, साउन १ : राष्ट्रिय सतर्कता केन्द्रले दुई हजार ५६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ।

केन्द्रले गत आर्थिक वर्षमा समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने ६०४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए।  

केन्द्रले गत आर्थिक वर्षमा ५२ जिल्लाका ९८० कार्यालयमा अनुगमन गरेको थियो। यसैगरी ९४० कार्यालयमा नागरिक वडापत्र नराखिएको र राखिए पनि नदेखिने गरी राखिएको पाइएको छ।

केन्द्रले आर्थिक वर्ष २०७४-७५ मा ५४ जिल्लाका एक हजार १४० कार्यालयमा अनुगमन गर्दा समयपालना नगर्ने एक हजार ७०३ र तोकिएको पोशाक नलगाउने ६१४ जना कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको थियो। रासस

प्रकाशित मिति: १८:०५ बजे, बुधबार, साउन १, २०७६