नेपाल समूहबाट अलग्गिएका नेता ओलीलाई भेट्न बालकोटमा
काठमाडौं, भदौ ७ : विगतमा माधवकुमार नेपाल समूहमा आबद्ध रहे पनि उनले नयाँ पार्टी खोल्ने कदम चालेपछि सो समूहबाट अलग भएका केही नेता...
काठमाडौं, भदौ ७ : विगतमा माधवकुमार नेपाल समूहमा आबद्ध रहे पनि नयाँ पार्टी खोल्ने कदम चालिएपछि सो समूहबाट अलग भएका केही नेता एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्।
एमाले विवाद समाधान गरी एकता कायमका लागि विगतमा गठित हाल विघटित कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिने उद्देश्यले उनीहरू ओली निवास बालकोट पुगेको बुझिएको छ।
नेता नेपालको नेतृत्वमा प्रस्तावित पार्टी नेकपा (एकीकृत समाजवादी) मा नजाने भइसकेपछि १० बुँदे सम्झौतामा टेकेर एमालेभित्रै संघर्ष गरी सम्मानित रूपमा अघि बढ्ने रणनीति ती नेताहरुले अख्तियार गरेका छन्।
उनीहरुले १०बुँदे सहमति अक्षरशः कार्यान्वयनका लागि पार्टी अध्यक्ष ओलीलाई साेमबारसम्मकाे अल्टिमेटम पनि दिएका थिए। समय घर्किन लाग्दा पनि अल्टिमेटमको कुनै प्रतिक्रिया नआएपछि उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेताहरु ओलीलाई भेट्न बालकोट पुगेका हुन्।
त्यसो त १० बुँदे सहमति केन्द्रीय समितिले अनुमोदन गरेर पनि कार्यान्वयनमा लाने निर्णय गरिसकेको अवस्था छ।
त्यसैलाई अाधार बनाएर ओली पक्षका नेताहरुले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउने गरेका छन्। तर त्यसको अनुभूति आफूहरूले गर्न नपाएको नेपाल समूहबाट अलग्गिएका नेताहरूले बताउने गरेका छन्।




-1789304248.jpg)






-1789304248.jpg)