Kathmandu Press

पोखराको सडकमा भ्वाङ, स्थानीय त्रसित

पोखरा, भदौ ७ : पोखराको महेन्द्रपुल सेलवेज गेटनजिकै सडकमा भ्वाङ परेको छ। गएराति एकाएक सडकमा भ्वाङ परेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।स्थानीय बासिन्दाका...
पोखराको सडकमा भ्वाङ, स्थानीय त्रसित
तस्बिर सौजन्य : सञ्जय मल्ल।

पोखरा, भदौ ७ : पोखराको महेन्द्रपुल सेलवेज गेटनजिकै सडकमा भ्वाङ परेको छ। गएराति एकाएक सडकमा भ्वाङ परेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

स्थानीय बासिन्दाका अनुसार पानी परिरहेका बेला एकाएक जमिन भाँसिएर भ्वाङ परेको हो।। भ्वाङमा बिजुलीको पोल पनि परेको छ।

सडकमा परेको भ्वाङमै भल पसेको छ। ढलको पानी र भल भ्वाङमा छिरिरहेकाले जोखिम बढेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी सुवास हमालले बताए।

पानी परिरहेकाले भ्वाङ झन बढ्ने देखिएको छ। सडक अझ भाँसिने र महेन्द्र पुल क्षेत्रसम्म क्षति हुन सक्ने उनको भनाइ छ।

स्थानीय बासिन्दा र प्रहरीले भल फर्काउने प्रयास गरिरहेका छन्। भ्वाङ पुर्ने काम भइरहेको डिएसपी हमालले जानकारी दिए।

पोखरामा यसअघि पनि सडक भाँसिएको थियो। कयौं घर जोखिममा परेका थिए।

यस पटक सडकमा भ्वाङ पर्दा पनि उस्तै हुने हो कि भन्ने स्थानीय बासिन्दाको चिन्ता छ।

प्रकाशित मिति: ०८:४१ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्