Kathmandu Press

आज मानुषी लघुवित्तको आईपीओ बाँडफाँड हुँदै

काठमाडौं, भदौ ७ : आज मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट हुन लागेको छ।संस्थाको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आज बिहान...
आज मानुषी लघुवित्तको आईपीओ बाँडफाँड हुँदै

काठमाडौं, भदौ ७ : आज मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट हुन लागेको छ।

संस्थाको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आज बिहान आईपीओ बाँडफाँट गर्ने कार्यक्रम छ। कम्पनीको प्री-अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ।  

मानुषीको आईपीओमा मागभन्दा बढी आवेदन परेका छन्। गोलाप्रथाबाट सेयर बाँडफाँट हुने जनाइएको छ।

आईपीओका लागि २४ लाख तीन हजार ५५ जना आवेदकबाट कुल तीन अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सर्वसाधारणलाई बिक्री गरिएको तीन लाख ६८ हजार पाँच सय ९३ कित्तालाई जारी गरिएको छ।

यसका आधारमा ३६ हजार आठ सय ५९ जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन। बाँकी २३ लाख ६६ हजार एक सय ९५ जनाको हात खाली रहनेछ।

 

प्रकाशित मिति: ०८:१६ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्