Kathmandu Press

इपिएल: लन्डन डर्बीमा चेल्सीको जित, रोकियो युनाइटेड

काठमाडौं, भदौ ७ : इंग्लिस प्रिमियर लिगको लन्डन डर्बीमा चेल्सी विजयी भएको छ।इमिरेट्स रंगशालामा आइतबार राति भएको खेलमा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु चम्किएपछि...
इपिएल: लन्डन डर्बीमा चेल्सीको जित, रोकियो युनाइटेड

काठमाडौं, भदौ ७ : इंग्लिस प्रिमियर लिगको लन्डन डर्बीमा चेल्सी विजयी भएको छ।

इमिरेट्स रंगशालामा आइतबार राति भएको खेलमा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु चम्किएपछि चेल्सीले आर्सनललाई २-० ले हरायो। लन्डन डर्बीमा चेल्सीलाई जित दिलाउन लुकाकुका अलावा रिस जेम्सले पनि गोल गरे। चेल्सीले आर्सनलविरुद्ध दुवै गोल पहिलो हाफमा गरेको थियो।

खेलको १५औं मिनेटमै लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। उनले जेम्सको क्रममा गोल गरेका थिए।

योसँगै लुकाकु चेल्लीमा ‘दोस्रो इनिङ’को पहिलो खेलमा गोल गर्न सफल भए। उनी दुई साताअघि मात्र इटालियन क्लब इन्टर मिलानबट ९७.५ मिलियन युरोमा चेल्सी आएका थिए।

३५औं मिनेटमा मासन माउन्टको पासमा जेम्सले उत्कृष्ट गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा कुनै गोल नहुँदा चेल्सी विजयी भयो।

यसैगरी, इपिएलकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले निराशाजनक बराबरी खेलेको छ। आइतबार राति भएको खेलमा युनाइटेड साउथ ह्याम्पटनसँग १–१ को बराबरीमा रोकियो।

३०औं मिनेटमा साउथ ह्याम्पटनले आत्मघाती गोलमार्फत अग्रता लियो। साउथ ह्याम्पटनका स्ट्राइकर चे एडम्सको प्रहार फ्रेडको खुट्टामा डिफ्लेक्ट हुँदै गोल भएको थियो। ५५औं मिनेटमा पाउल पोग्बाको पासमा मासन ग्रीनउडले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यस्तै, प्रियिमर लिगमा टोटनहमले लगातार दोस्रो जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा अलीको गोल मद्दतमा टोटनहमले वुल्भ्समाथि १–० को जित निकाल्यो।

खेलको नवौं मिनटमै अलीले गोल गर्दै घरेलु मैदानमा टिमलाई अग्रता दिलाए। वुल्भ्सका किपर जोसे साले डिबक्समा अलीलाई नै लडाएपछि टोटनहमले पेनाल्टी पाएको थियो।

प्रकाशित मिति: ०६:५१ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्