Kathmandu Press

स्वास्थ्य मापदण्डको पालना गराउन चोकचोकमा पुग्यो प्रशासनको टिम 

काठमाडौं, भदौं ६ : कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरूलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले पुनः सचेत गराएको...
स्वास्थ्य मापदण्डको पालना गराउन चोकचोकमा पुग्यो प्रशासनको टिम 

काठमाडौं, भदौं ६ : कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरूलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले पुनः सचेत गराएको छ ।

आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेले नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारा लगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न त्यहाँका व्यापारीहरूलाई सचेत गराएको हो । उक्त क्रममा मास्क समेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एक सय रुपैयाँका दरले जरिवाना समेत गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आफ्ना पसलमा आउने ग्राहकहरुका लागि अनिवार्य रुपमा मास्क र सेनिटाईजरको व्यवस्था गर्न पनि व्यापारीहरुलाई निर्देशन समेत दिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट नागरिकलाई बचाउनका स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए/नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजारको अनुगमनको व्यवस्था मिलाएको छ । 

प्रकाशित मिति: २१:०५ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्