Kathmandu Press

इरानमा कोरोनाका कारण फेरि उच्च मृत्युदर

तेहरान, भदौ ६ : इरानमा कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या फेरि उच्च भएको छ। सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार इरानमा कोरोनाका कारण एक...
इरानमा कोरोनाका कारण फेरि उच्च मृत्युदर

तेहरान, भदौ ६ : इरानमा कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या फेरि उच्च भएको छ। 

सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार इरानमा कोरोनाका कारण एक दिनमा ६८४ जनाको मृत्यु भएको छ।

Hardik ivf

योसँगै इरानमा कोरोनभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म एक लाख दुई हजार ३८ जनाको मृत्यु भएको छ।

त्यसैगरी भाइरसबाट देशभरी अहिलेसम्म ४६ लाख ७७ हजार ११४ जना सङ्क्रमित भएको इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ४१९ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन्। 

कूल सङ्क्रमितमध्ये अहिलेसम्म ३९ लाख ३२ हजार ४७२ जना सङ्क्रमणमुक्त भएका छन् भने सात हजार ६६२ जना अझै पनि आईसीयूमा रहेका छन्। 

आइतबारसम्म एक करोड ६७ लाख १७ हजार ६८१ जनाले कम्तीमा एउटा खोप लगाएका छन्। तीमध्ये ५८ लाख ३० हजार ६५० जनाले दुवै खोप लगाएका छन्। 

प्रकाशित मिति: २१:०१ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्