Kathmandu Press

माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीसँग एकताका लागि पहल गर्ने 

काठमाडौं, भदौं ६ : नेकपा माओवादी केन्द्रले अन्य पार्टीहरुसँग एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै...
माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीसँग एकताका लागि पहल गर्ने 

काठमाडौं, भदौं ६ : नेकपा माओवादी केन्द्रले अन्य पार्टीहरुसँग एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने स्थायी कमिटी बैठकले निर्णय गरेको हो।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । क्रान्तिकारी धाराका सबैलाई एकै केन्द्रमा ल्याउने गरी पहल गर्ने निर्णय भएको उनको भनाइ छ ।

यस्तै माओवादीले पार्टीका विभागहरूमा प्रमुख तोक्ने काम पनि गरेको छ भने केही ठाउँमा ईञ्चार्ज पनि तोकेको छ । साथै बैठकले कोभिड महामारीमा नागरिकलाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हुने विषयमा पनि छलफल गरेको छ । 
 

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्