Kathmandu Press

अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, भदौ ६ : पर्वतको जलजला गाउँपालिका-३ वारीबेनी डेरा गरी बस्ने बाग्लुङ नगरपालिका-१० भकुण्डे घर भएका २४ वर्षीय नरेन्द्र किसानलाई ५ सय ८० ग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँस्थित मल्लाज चोकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरी चौकी वारीबेनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो।      

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:५० बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्