Kathmandu Press

पर्यटकको भिसा शुल्क बढ्यो, बहुप्रवेशी भिसा पनि लागू

काठमाडौं, साउन १ : सरकारले आज (साउन १ गते)देखि लागू हुनेगरी नेपाल घुम्न आउने पर्यटकको भिसा शुल्क बृद्धि गरेको छ। दश वर्षयता भिसा शुल्क बृद्धि गरिएको थ....

पर्यटकको भिसा शुल्क बढ्यो, बहुप्रवेशी भिसा पनि लागू

काठमाडौं, साउन १ : सरकारले आज (साउन १ गते)देखि लागू हुनेगरी नेपाल घुम्न आउने पर्यटकको भिसा शुल्क बृद्धि गरेको छ। दश वर्षयता भिसा शुल्क बृद्धि गरिएको थिएन।

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेकै समयमा भिसा शुल्क बृद्धि गरेको भन्दै पर्यटन व्यवसायीले विरोध जनाएका छन्। अध्यागमन विभागले १५ दिनका लागि बहुप्रवेशी भिसासमेत लागू गरेको छ । जसका लागि ३० डलर शुल्क लाग्ने छ।

सरकारले ३० दिनका लागि यसअघि ४० डलर रहेकोमा बृद्धि गरेर ५० अमेरिकी डलर पुर्‍याइएको छ। त्यस्तै, ९० दिनका लागि एक सय २५ अमेरिकी डलर तिर्नुपर्ने भएको छ। यसअघि एक सय अमेरिकी डलर रहेको थियो।

म्याद थप गर्नका लागि प्रतिदिन तीन अमेरिकी डलरका हिसाबले बुझाउनुपर्छ। म्याद थप अवधिका लागि मात्रै मान्य हुने गरी बहुप्रवेशी सुविधा माग गरेमा २५ अमेरिकी डलर लाग्नेछ।

राजपत्रमा प्रकाशित अध्यागमन नियमावलीमा उल्लेख भएअनुसार सार्क राष्ट्रका सदस्यका राहदानी बाहकलाई भने ३० दिनसम्मका लागि भिसा दस्तुर लाग्दैन्। त्यस्तै, चीनियाँ र भारतीय पर्यटकलाई पनि भिसा शुल्क लाग्दैन।

प्रकाशित मिति: १४:५८ बजे, बुधबार, साउन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्