थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर १८ हजार ३२२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
काठमाडौं, भदौ ६ : पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप नौ हजार ४४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। जसमा पीसीआर विधिबाट एक हजार ७०२ तथा एन्टिजेनबाट २१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४८ सङ्क्रमित निको भएका छन्। हालसम्म छ लाख ९८ हजार १७३ जना कोरोनाबाट मुक्त भएका छन्। निको हुने दर ९३ दशमलव चार प्रतिशत रहेको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७५१ रहेको छ।
बितेको २४ घण्टमा देशभर १८ हजार ३२२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर ६८१ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १६९ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ।





-1789304248.jpg)





