Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या तीन करोड २४ लाख बढी

नयाँ दिल्ली, भदौ ६ : भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको...
भारतमा कोरोना संक्रमितको संख्या तीन करोड २४ लाख बढी

नयाँ दिल्ली, भदौ ६ : भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।

भारतभर विगत २४ घण्टाको समयमा ३० हजार ९४८ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड–१९ सङ्क्रमित थप  ४०३ जनाको मृत्यु भएको छ। यससँगै भारतमा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ३४ हजार ३६७ पुगेको छ। 

Hardik ivf

विगत २४ घण्टाको अवधिमा अघिल्लो दिनभन्दा सात हजार ९४२ कोभिड–१९ सङ्क्रमित थपिएका छन् भने सङ्क्रमित रहेको कूल व्यक्तिको सङ्ख्या अझै तीन ५३ हजार ३९८ छ।

भारतमा पछिल्लो १५३ दिनमा सक्रिय सङ्क्रमितको सङ्ख्या सबैभन्दा कम बनेकोसंघीय स्वास्थ्य मन्त्रालयले बताएको छ।

हालसम्म तीन करोड १६ लाख ३६ हजार व्यक्ति कोभिड सङ्क्रमणपछि निको भएका छन् । विगत २४ घण्टामा निको भई अस्पतालबाट घर फर्किएका विरामीको सङ्ख्या ३८ हजार ४८७ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दर बढेर ९७।५७ प्रतिशत पुगेको छ र यो दर सन् २०२० मार्चपछि पहिलो पटक सबैभन्दा बढी हो। 
 

प्रकाशित मिति: १६:०६ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्