Kathmandu Press

एनआरएनए युवा उपाध्यक्षमा कतारबाट राज रेग्मीको उम्मेदवारी  

काठमाडौं, भदौ ६ : गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमार्फत नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ।नयाँ कार्यसमितिमा कतारबाट वर्तमान...
एनआरएनए युवा उपाध्यक्षमा कतारबाट राज रेग्मीको उम्मेदवारी  

काठमाडौं, भदौ ६ : गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमार्फत नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ।

नयाँ कार्यसमितिमा कतारबाट वर्तमान मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनए आइसिसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

मध्यपूर्व युवा संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२१-२३ का लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा चुलिएको छ। एनआरएनएले यस वर्षदेखि युवा उपाध्यक्ष पद राखेको हुँदा रेग्मीको उक्त पदमा उम्मेदवारी आएको हो।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाइ छ। रेग्मीले भनेका छन्, ‘सन् २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छाअनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु।’ 

एनआरएनए कतार तथा विभिन्न संघसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरूको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्। 

एनआरएन अभियानमा उदयीमान तथा ऊर्जाशील रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन्। एनआरएनए युवा उपाध्यक्षका लागि सर्बसम्मतबाट सहमति बटुलेका रेग्मी सम्भवत निर्विरोध निर्वाचित हुनेछन्।

कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी कसैसँग नबिझाउने व्यक्तिका रुपमा चिनिन्छन्। एनआरएन अभियानमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले अन्तरआत्मादेखि स्वागत गरेका छन्। 

विश्वभर रहेका दोस्रो पुस्ताका युवालाई लक्षित गरेर ग्लोबल एनआरएन सिंगिङ आइडलको आयोजना गरिरहेका रेग्मीले दोस्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक गरिरहेकोमा उनको चर्चा विश्वभर छ। मध्यपूर्व युवा विभागबाट नै आयोजना गरिएको कार्यक्रममा विश्वभरका दोस्रो पुस्ताको सहभागिता छ

मध्यपूर्वमा रहेका युवाहरूलाई टेवा पुर्‍याउने उद्देश्यले छुट्टै कोष स्थापानालागि ३६ सय डलर सहयोग गरेका रेग्मीले युवालाई लक्षित कार्यक्रमहरू भोलिका दिनमा अझ प्रभावकारी ढंगबाट ल्याउने बताएका छन्। 

विश्वभर रहेका नेपालीसँग अपिल गर्दै रेग्मीले भनेका छन्, ‘आजको दिनसम्म आइपुग्दा यहाँहरूको माया, साथ, शुभेच्छा र समर्थनले जुन सफलता हासिल गरे भोलिका दिनमा आईसीसी युवा उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गर्दछु।’

युवा केन्द्रित रेग्मीको प्रमुख एजेन्डा 

एनआरएनएमा मध्यपूर्व युवा संयोजक भएर सफलतापूर्वक काम गरिरहेका रेग्मीले युवा उपाध्यक्ष बन्नका लागि युवा केन्द्रित एजेन्डा अघि सारेका छन् :

युवा स्वरोजगार : नेपाली युवाहरूलाई उद्यमशील तथा स्वरोजगार बनाउनका लागि पहल गर्दै एनआरएनए मार्फत रोजगार सृजना गर्ने र उपलब्धीमुलक क्षेत्रमा युवाहरूको सामूहिक लगानी बढाउने प्रतिवद्धता रेग्मीको छ।
 

सामूहिक लगानी : आम नेपालीले सोचेको शुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरूको सामूहिक लगानी ल्याउने, सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकासमा लगानीका लागि पहल गर्ने रेग्मीको प्रतिवद्धता छ।
 

सीप र पुँजीको सदुपयोग : विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने रेग्मीको अर्को एजेण्डा छ।
 

युवाको आकर्षण बढाउने : विदेशमा रहेका विभिन्न पेशा तथा क्षेत्रमा रहेका युवाहरूलाई एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरै युवाहरूलाई एनआरएनएको महत्व र आवश्यकताको अनुभूति दिलाउने जसका लागि युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने रेग्मीको अर्को प्रतिबद्धता छ।
 

सुरक्षित र मर्यादित वैदेशिक रोजगारी : वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ। स्वदेशमा नै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका लागि काम गर्ने रेग्मीको अभियान छ।
 

राहत कोष स्थापना : वैदेशिक रोजगार तथा अध्ययनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपालीहरू समस्या तथा अफ्ठ्यारोमा परेमा सहयोगका लागि छुट्टै राहत कोष स्थापना गर्ने रेग्मीको प्रतिवद्धता छ।
 

नेपाली कला संस्कृतिको जगेर्ना : विदेशमा नेपाली कलासंस्कृति तथा भाषाको महत्व बढाउन तथा दोश्रो पुस्ताका नेपालीहरूलाई नेपालको कला संस्कृति तथा भाषा प्रति आकर्षण बढाउन विभिन्न कार्यक्रमहरू ल्याउने रेग्मीको योजना छ। जस्तै ः गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगितालगायत आयोजना गर्ने। 
 

स्मार्ट एनआरएनए बनाउने : विदेशमा रहेका सवैको अपनत्व हुने गरी सबै वर्ग, क्षेत्र, उमेर, लिङलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैर राजनीतिक संस्थाका रुपमा एनआरएनएलाई आगाडि बढाउने रेग्मीको एजेन्डा छ। 
यसका अलावा एनआरएनएका आफ्ना विधान तथा पद्धति अनुसार चल्ने र स्मार्ट एनआरएन बनाउन सबैको साथ, सहयोग र समर्थन अनुसार अगाडि बढ्ने रेग्मीको प्रतिबद्धता छ। जुझारु, सफल र उर्जाशिल साझा उम्मेदवार भएकाले रेग्मीलाई एनआरएन युवा उपाध्यक्ष बनाउन सवै एनआरएनहरूज् आतुर छन्। 

प्रकाशित मिति: १५:३८ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्