Kathmandu Press

सरकारले बेरुजु फर्छ्यौटसँगै अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं, भदौ ६ : कांग्रेस नेता शेखर कोइरालाले सरकारले बेरुजु फर्छ्यौट गरी अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।आइतबार सामाजिक सञ्जालमार्फत उनले...
सरकारले बेरुजु फर्छ्यौटसँगै अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं, भदौ ६ : कांग्रेस नेता शेखर कोइरालाले सरकारले बेरुजु फर्छ्यौट गरी अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले बेरुजु र अनियमितताको अंक बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै सरकारले कारबाही गर्नेतर्फ पाइला चाल्नु जरुरी रहेको बताएका हुन्। 

‘महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ। बेरुजु र अनियमितताको अंक बढ्दो छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारबाही गर्नेतर्फ पाइला चाल्नु जरुरी छ। सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ।’

महालेखापरीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिको कार्यालयमा बुझाएको ५८औं प्रतिवेदनले मुलुकको बेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ पुगेको औंल्याएको छ। सोही प्रतिवेदनले देशमा आर्थिक पारदर्शिता कम हुँदै गएको पनि बताएको छ। 

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्