Kathmandu Press

माओवादी केन्द्रको स्थायी समिति बैठकमा कार्य विभाजनबारे छलफल

काठमाडौं, भदौ ६ : माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ।पेरिसडाँडािस्थत पार्टी कार्यालयमा बसिरहेको बैठकमा नेताहरुको कार्य विभाजनबारे छलफल भइरहेको बताइएको छ।माओवादी केन्द्रले...
माओवादी केन्द्रको स्थायी समिति बैठकमा कार्य विभाजनबारे छलफल

काठमाडौं, भदौ ६ : माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा नेताहरुको कार्य विभाजनबारे छलफल भइरहेको बताइएको छ।

माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ। त्यसको तयारीबारे पनि छलफल भइरहेको एक नेताले बताए।

शनिबार पनि स्थायी कमिटीको बैठक बसेको थियो। उक्त बैठकमा भदौ १ र २ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पारित सांगठनिक तथा राजनीतिक प्रतिवेदन र प्रस्तावित पार्टी विधानबारे उठेका विषयलाई अन्तिम रूप दिने विषयमा छलफल केन्द्रित बनेका जनाइएको छ।

केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांगठनिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रीय सदस्यहरूले विभिन्न सुझाव दिएका थिए। 

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्