Kathmandu Press

मेलम्चीका ३४ घर पहिरोको जोखिममा

सिन्धुपाल्चोक, भदौ ६ : लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन्। पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा...
मेलम्चीका ३४ घर पहिरोको जोखिममा

सिन्धुपाल्चोक, भदौ ६ : लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन्। पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन्।

स्थानीयवासी कान्छामान दोङका अनुसार  पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन्। निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए।

पटकपटक वडाका  प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे। वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए। यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ।

वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए। उनले भूर्गवविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए।

१७ परिवारलाई राहत वितरण

पहिराले प्रभावित मेलम्ची–६ नेपाने बगरटोलका १७ परिवारलाई राहत वितरण गरिएको छ। स्थानीयवासी भीमसेन थापाको आग्रहमा  मेलम्ची–४ थकनी निवासी गरिमा भोएज ट्राभल सञ्चालक हाल इटालीमा रहेका रवीन्द्र अर्यालमार्फत प्राप्त रु एक लाख १७ परिवारलाई वितरण गरिएको हो। घरवारविहीन, आर्थिक अवस्था कमजोर भएका तथा परिवार सङ्ख्याका आधारमा पीडित घरपरिवारलाई नगर प्रमुख डम्बर अर्यालले हस्तान्तरण गरेका हुन्। 

प्रकाशित मिति: १२:५६ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्