Kathmandu Press

वामदेव एमालेमै हुनुहुन्छ, नेपालको पार्टीमा गएकाे भनेर चरित्र हत्या गर्न खाेजियाे : सचिवालय  

काठमाडौं, भदौ ६ : एमाले उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको उनकाे सचिवालयले जनाएको छ। माधवकुमार नेपालले हालसालै गठन गरेको एकीकृत समाजवादीमा उनी नगएको...
वामदेव एमालेमै हुनुहुन्छ, नेपालको पार्टीमा गएकाे भनेर चरित्र हत्या गर्न खाेजियाे : सचिवालय  

काठमाडौं, भदौ ६ : एमाले उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको उनकाे सचिवालयले जनाएको छ।

उपाध्यक्ष गौतमका स्वकीय सचिव दीपक टमाटाले नेता गौतम एमालेमै रहेको र माधवकुमार नेपालले हालसालै गठन गरेको एकीकृत समाजवादी पार्टीमा नगएको स्पष्ट पारेका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा नेता गौतमको नाम जोडेर मन्त्री बन्न लागेको र एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशन गर्नु चरित्र हत्याबाहेक केही नभएको बताएका हुन्।

‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ टमाटाले फेसबुकमा लेखेका छन्।

एकीकृत समाजवादी पार्टीमा गएको र मन्त्री बन्न लागेको भन्ने खालका समाचारमा कुनै सत्यता नरहेको पनि टमाटाले फेसबुकमा उल्लेख गरेका छन्।

‘क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो,’ उनले लेखेका छन्, ‘तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’

प्रकाशित मिति: १२:४४ बजे, आइतबार, भदौ ६, २०७८