तोलामा तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं, भदौ ६ : सुन तोलामा तीन सय रुपैयाँले घटेको छ। गत शुक्रबार चार सय रुपैयाँले बढेको सुन आइतबार घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...
काठमाडौं, भदौ ६ : सुन तोलामा तीन सय रुपैयाँले घटेको छ। गत शुक्रबार चार सय रुपैयाँले बढेको सुन आइतबार घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ९० हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुन तोलामा ९१ हजार दुई सय रुपैयाँ कायम भएको थियो।
सुनसँगै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी तोलामा एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:४८ बजे, आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











