समाजवादमा आकर्षण स्वागतयोग्य : डा. भट्टराई
काठमाडौं, भदौ ६ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादप्रतिको आकर्षण स्वागतयोग्य रहेको बताएका छन्।सामाजिक सञ्जालमार्फत उनले...
काठमाडौं, भदौ ६ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादप्रतिको आकर्षण स्वागतयोग्य रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले बृहत् समाजवादी केन्द्र नामबाट एकीकृत पार्टी स्थापनाको सम्भावनाबारे धारणा सार्वजनिक गरेका हुन्। निकट भविष्यमा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र, जसपालगायत दलको एकताबाट समाजवादी केन्द्र स्थापनाको कोर्स अगाडि बढ्ने सम्भावना छ।
‘समाजवाद शब्दप्रति आकर्षण बढ्न थाल्नु स्वागतयोग्य छ। नयाँ दर्ता भएका दलहरूको नामबाट त्यस्तै संकेत मिल्छ। पुँजीवाद र साम्यवादको विकल्पमा समाजवादको खोजी अहिलेको विश्वको प्रवृत्ति पनि हो,' डा. भट्टराईले लेखेका छन्।
उनले अब समाजवादका विषयमा बहस हुनुपर्ने बताएका छन्। डा. भट्टराईले भनेका छन्, 'अब बहस होस् कस्तो समाजवाद? प्रजातान्त्रिक समाजवाद? वैज्ञानिक समाजवाद? समावेसी सहभागितामूलक समाजवाद?'









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

