पहिरोले रोल्पामा चार घर पुरिए, पाँच जोखिममा
रोल्पा, भदौ ६ : रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले चार घर पुरिएका छन भने पाँच घर जोखिममा परेका छन्।पहिरोका कारण फुलिबनबाट गत वर्ष...
रोल्पा, भदौ ६ : रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले चार घर पुरिएका छन भने पाँच घर जोखिममा परेका छन्।
पहिरोका कारण फुलिबनबाट गत वर्ष बाछेममा सारिएको बस्तीमा पनि पहिरो गएको हो। पहिरोले रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर पुरिएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक सूर्यलाल गुरुङले बताए।
अन्य पाँच वटा घरमा पनि आंशिक रुपमा क्षति पुगेको छ। ति घर जोखिममा रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालयका अनुसार दिलबहादुर घर्ती, चिमा घर्ती, धनमाला घर्ती, बिजयी घर्ती र दलबहादुर घर्तीको घर जोखिममा छन्।
पहिरोको जोखिमका कारण सबै सुरक्षित स्थानमा सरेकाले मानवीय क्षतिबाट जोगिएको सुनछहरी गाउँपालिका–१ का वडाध्यक्ष महाविर रानाले बताए।
प्रकाशित मिति: ०६:५४ बजे, आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

