Kathmandu Press

एमाले एकताको प्रयास जारीः गैरे

एमालेको एकता पक्षधर नेता ठाकुर गैरेले पार्टी एकताको प्रयास जारी रहेको बताएका छन् ।
एमाले एकताको प्रयास जारीः गैरे

काठमाडौं, भदौ ५ : एमालेको एकता पक्षधर नेता ठाकुर गैरेले पार्टी एकताको प्रयास जारी रहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले एकता सम्भव रहेको र त्यसका लागि एमाले अध्यक्ष केपी ओली र माधव नेपालले दुईवटा काम गर्नुपर्ने बताए । उनले भने, ‘एमाले एकताका लागि केपी ओलीबाट माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारवबाही फिर्ता लिने र अर्को १० बुँदे सहमतिको अक्षरशः पालना गर्ने प्रत्याभूति आउनुपर्छ ।’

यस्तै, नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिने र पार्टी एकताको लागि तयार हुने काम गर्नुपर्ने उनले बताए ।

एकता पक्षधर ५७ जनाको बैठकले पनि यही निश्कर्ष निकालेको उनले बताए । उनले भने, ‘अहिले पनि एमालेमा एकता पक्षधरको बलियो जनमत छ । जनताले पनि यही चाहेका छन् । लाखौं जनता एकताको पक्षमा छन् । विभाजन गर्ने र यिनीहरू गए पनि केही फरक पर्दैन भन्नेहरू त औंलामा गनिने संख्या होला । तर, एमाले एकता चाहनेहरू लाखौंको संख्यामा छन् ।’

आफ्ना लागि पछिल्लो समय पीडादायी क्षण भएको उनले बताए । एमालेमा विग्रह २८ फागुनदेखि नै सुरु भएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: १८:२८ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्