Kathmandu Press

एकीकृत समाजवादीका नेता चौधरी भन्छन्- पाँच महिनापछि नेपालको नेतृत्वमा बृहत समाजवादी पार्टी

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले पाँच महिनापछि बृहत समाजवादी पार्टी गठन हुने खुलासा गरेका छन् ।
एकीकृत समाजवादीका नेता चौधरी भन्छन्- पाँच महिनापछि नेपालको नेतृत्वमा बृहत समाजवादी पार्टी

काठमाडौं, भदौ ५ : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले पाँच महिनापछि बृहत समाजवादी पार्टी गठन हुने खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा शनिबार चौधरीले केपी ओली र नेमकिपाबाहेकको बृहत कम्युनिस्ट पार्टी बन्ने र उक्त समाजवादी पार्टीको नेतृत्व माधव नेपालले गर्ने बताए । उनले भने, ‘यसमा माओवादी केन्द्र, जसपालगायत सबै हुनुहुन्छ ।’

आफूहरू र केपी ओली सँगै रहँदा पनि एमाले समाप्त हुने स्थिति रहेकाले नयाँ दल दर्ता गरेको प्रष्ट्याए । ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेको कारण आफूहरू बाध्य भएर नयाँ दल दर्ता गर्न पुगेको उनले बताए ।

चौधरीले एमाले अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने कसम र किरिया खाएको दाबी पनि गरे । ओलीका कारण एमाले विसर्जनको बाटोमा गएकोले आफूहरूले बाध्य भएर पूनर्गठन गरेको उनको भनाइ थियो ।

आफूहरूले एमालेको एकता र सग्लो एमालेका लागि हदैसम्म प्रयास गरेको तर ओलीले एकता नचाहेको कारण आजको परिस्थिति उत्पन्न भएको उनले बताए । ‘हामीले त एकताको लागि त्याग र तपस्या गरेका हौँ तर केपी ओलीले एमालेलाई विखण्डन गरिछाड्ने कसम खाएकोले एकता सम्भव भएन,’ उनले भने, ‘अहिले हामी पनि नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रियामा छौँ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छौँ । ९ भदौमा सनाखतको लागि आयोगले बोलाएको छ ।’

उनले आफूहरू एमालेको पूनर्गठनमा लागेर नयाँ दल खोल्नुको कारण एमाले र माओवादी मिलेर प्राप्त गरेको ४७ लाख भोट जोगाउनु रहेको उनको जिकिर थियो ।

प्रकाशित मिति: १८:२१ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्