Kathmandu Press

मन्त्री थापाद्वारा पारिश्रमिक रकम सामाजिक सेवामा

मन्त्री थापाद्वारा पारिश्रमिक रकम सामाजिक सेवामा

पोखरा, भदौ ५ : गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिकबापतको रकम सामाजिक सेवामा खर्च गरेका छन्।

उनले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिक रकमबाट शनिबार पोखरा-३३ भरतपोखरीका युवालाई १५ थान भलिबल र जाली हस्तान्तरण गरे।

कार्यक्रममा मन्त्री थापाले सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफूले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माणमा समेत खर्च गर्दै आएको बताए।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा-३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताए।

कार्यक्रममा पार्टीका पूर्वजिल्ला सदस्य विष्णु पौडेल, महासमिति सदस्य केशवप्रसाद निर्दोषी र पोखरा-३३ भरतपोखरी तरुण दलका सभापति भूपेन्द्र थापालगायतले आफ्नो भनाइ राखेका थिए।

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्