Kathmandu Press

आवश्यक परे तालिबानसँग पनि काम गर्छौँ : बोरिस जोन्सन

आवश्यक परे तालिबानसँग पनि काम गर्छौँ : बोरिस जोन्सन

लन्डन, भदौ ५ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताएका छन्। 

उनले भने, म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक परेमा तालिबानसँग पनि मिलेर काम गर्न सक्छौँ, हाम्रो राजनीतिक तथा कूटनीतिक प्रयास भनेको हामीले अफगानिस्तानको समस्याको समाधान खोज्ने हो र हामी त्यसका लागि लागि परेका पनि छौँ।

Hardik ivf

यदि अफगानिस्तानमा शान्तिको स्थापना हुन्छ, या यहाँको अवस्थामा सुधार आएर समस्या समाधान हुन्छ भने हामीले तालिबानी समूहसँग पनि मिलेर काम गर्न सक्छौँ। 

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानको विमानस्थलमा आफ्नो देश फर्किन चाहने नागरिकको भीडभाड हट्दै गएको र तालिबानीले पनि यसमा सामान्यतया अवरोध नगरेको देखिएको उनले बताए। 

जसका कारण अफगानिस्तानको अवस्था विस्तारै सामान्य हुँदै गएको जस्तो देखिएको उनले बताए। तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए र गत अगस्त १५ राजधानी काबुल आएर सत्ता कब्जा गरेका छन्।

शुरुमा विभिन्न बाहिरी प्रान्त कब्जा गर्दै आएका तालिबानीको पछिल्ला दिनमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे।

यति चाँडै उनीहरु सत्तामा आउलान् भन्ने अनुमान भने नगरिएको अमेरिकी अनुमान थियो। तालिबानको तीव्र विस्तारका बाबजुद पनि स्वयं अफगान सेनाले नै आफ्ना देशका विरुद्धमा लड्न नचाहेको या नसकेको भन्ने बारेमा पनि अहिले विश्वव्यापी बहस भइरहेको छ।

हाल विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता गरिरहेका छन्। यसै क्रममा बेलायतले पनि गएको आइतबार यता कम्तीमा दुई हजार आफ्ना नागरिकलाई फिर्ता लगिसकेको जनाएको छ। 
 

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्