नेता नेपाललाई धोका दिएर मुख्यमन्त्री बनेकाे भन्नु गलत : अष्टलक्ष्मी शाक्य
काठमाडौं, भदौ ५ : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू एमाले एकताको पक्षमा रहेको बताएकी छन्।एमाले उपाध्यक्षसमेत रहेकी शाक्यले एमाले विवाद समाधान गरी...
काठमाडौं, भदौ ५ : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू एमाले एकताको पक्षमा रहेको बताएकी छन्।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्यले एमाले विवाद समाधान गरी एकता कायम गर्न गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनमा ल्याई एकताबद्ध भएर पार्टी अघि बढ्ने विश्वास पनि व्यक्त गरेकी छन्।
एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच बोल्दै उनले पार्टी एकतालाई कमजोर पार्ने कार्य कसैले गर्न नहुनेमा जोड दिइन्।
मुख्यमन्त्री शाक्यले नेता माधवकुमार नेपाललाई धोका दिएर आफू मुख्यमन्त्री बनेको कुरा गलत भएको स्पष्ट पारिन्।
आफू एमाले अध्यक्ष केपी ओली र नेता नेपाल दुवैका तर्फबाट मुख्यमन्त्री भएको उनले दाबी गरिन्। पार्टीको एकतालाई कमजोर बनाउने गरी गलत सन्देश नफैलाउन र फैलाइएको भ्रमका पछि नलाग्न उनले आग्रह गरिन्।
मुख्यमन्त्री शाक्यले दुवै नेता एक ठाउँमा आउने र पार्टी एकताबद्ध भएर अघि बढ्ने दृढ विश्वास पनि व्यक्त गरिन्।
उनले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललगायत सबैसँग परामशृ गरेर प्रदेश सरकारलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। सबैको सल्लाहबाट प्रदेश सरकारले राम्रो काम गर्न सक्नेमा आफू विश्वास्त रहेको उनको भनाइ थियो।









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

