Kathmandu Press

२४ घण्टामा थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० को मृत्यु

हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। 
२४ घण्टामा थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० को मृत्यु

काठमाडौं, भदौ ५ : पछिल्लो २४ घण्टामा थप २०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि  भएको छ । त्यस्तै २३८२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ।

नेपालमा हालसम्म कूल संक्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना संक्रमणमुक्त भइसकेका छन् । 

पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म १० हजार ४८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।  

पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन्। हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। 

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्