बाढीले कटान गर्दा त्रियुगाको पुल जोखिममा
गाईघाट, साउन १ : बाढीले कटान गरेपछि सप्तरीको कदमाहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नदीमाथिको पुल जोखिममा परेको छ। पुलको पूर्वी भाग कटान भइरहेको....

गाईघाट, साउन १ : बाढीले कटान गरेपछि सप्तरीको कदमाहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नदीमाथिको पुल जोखिममा परेको छ। पुलको पूर्वी भाग कटान भइरहेको स्थानीय बासिन्दाले बताए।
त्रियुगा पुलको पूर्वीभागको पिलर र पिलरसँगै निर्माण भएका पर्खालको केही भाग भत्किएको ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ।
पर्खालको केही भाग भत्किएपछि सवारी साधान संचालनमा सतर्कता अपनाइएको छ। एकतर्फीमात्रै सवारी संचालन भइरहेको गाईघाट ट्राफिक प्रहरी कार्यालयका प्रमुख दिनेश चौधरीले बताए।
यसको तत्कालै मर्मतसम्भार सुरू गरिने त्रियुगा नगरपालिका गाईघाटले जनाएको छ। नगरपालिकाले ईक्जाभेटर लगाएर पुलमूनिको भागबाट पानीको सतह खोल्ने, भत्किएको पिलर र पर्खाल लगाउने तथा खाल्डा पुर्ने काम सुरूगरिन लागेको मेयर बलदेव चौधरीले बताए।
२०६६ मा निर्माण भएको यो पुलको लम्बाई एक सय २० मिटर र चौडाइ आठ मिटर रहेको छ। (रासस)











