डा.केसीको अवस्था जटिल बन्दै
काठमाडौं, माघ १५ : अनसनरत डा.गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । उनी बोलचाल पनि गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
आज डा.केसीको अनसनको ....
काठमाडौं, माघ १५ : अनसनरत डा.गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । उनी बोलचाल पनि गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
आज डा.केसीको अनसनको २१औं दिन हो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनी सोमबारदेखि बोलचाल गर्न नसक्ने भएका छन् । उपचारमा संलग्न चिकित्सकहरुसँग पनि इसारा मात्रै गर्न थालेका छन् ।
डा.केसीको मुटुको धड्कन तलमाथि भइरहेको छ । उनको शरीरमा पोटासियमको मात्रा कम भएको चिकित्सकले बताएका छन् ।
त्यस्तै, छाती दुख्ने, टाउँको दुख्ने, रिंगटा लाग्ने गर्न थालेको छ । स्वाँस फेर्न पनि समस्या भएको छ ।
उनको शरीरमा डब्लूबीसी घट्दै गउको छ । रोगप्रतिरोधात्मक क्षमता पनि कम भएको जनाएको छ । मुटुमा पनि समस्या देखिएको छ । उनलाई जुनसुकै बेला पनि अप्ठ्यारो पर्न सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
यस अघि सरकारले गरेको सहमति अनुसार, स्वास्थ्य शिक्षा विधेयक ल्याउन माग गर्दै उनले २५ पुसमा इलामको फूलगाछीमा अनसन बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि इलाम जिल्ला अस्पतालमा सारिएको थियो । त्यहाँ पनि आईसीयू लगायत आवश्यक उपकरण नभएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।
उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको आईसीयूमा राखिएको थियो । तर, डा.केसीले त्यहाँ बस्न नमानेपछि गणेशमानसिंह भवनको साधारण शैय्यामा सारिएको थियो । उनी त्यही अनसन बसिरहेका छन् ।
उनीसँग भएको सहमति विपरित सरकारले बलजफ्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।
अनसनको २१औं दिन हुुँदा पनि सरकारले वास्ता गरेको छैन् । उनीसँग संवादका लागि सरकारले पहल समेत गरेको छैन् । अहिलेसम्म संवाद नभएको डा.अभिषेक सिंहले बताए ।
उनको जीवन रक्षाको माग गर्दै सोमबार चिकित्सकहरु रिले अनसनमा बसेका थिए । त्यस्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायत नागरिक समाजका अगुवाहरुले जीवनरक्षाको माग गर्दैै अपिल जारी गरेका थिए ।






