Kathmandu Press

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, केन्द्रीय समितिको सुुझावमाथि छलफल 

काठमाडौं, भदौ ५ : माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ।पेरिसडाँडास्थित पार्टी कार्यालय बसिरहेको बैठकमा केन्द्रीय समितिबाट पारित निर्णय र केन्द्रीय समितिको सुुझावमाथि छलफल...
माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, केन्द्रीय समितिको सुुझावमाथि छलफल 

काठमाडौं, भदौ ५ : माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ।

पेरिसडाँडास्थित पार्टी कार्यालय बसिरहेको बैठकमा केन्द्रीय समितिबाट पारित निर्णय र सुुझावमाथि छलफल हुने बताइएको छ।

यही भदौ १ र २ गते बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका थिए। प्रचण्डले आगामी पुसमा महाधिवेशन गर्ने, केन्द्रीय कमिटीको संरचना, कार्यकाललगायतसहित विभिन्न प्स्ताव राखेका थिए। 

सोही बैठकमा पार्टीका अन्तरिम विधान पनि प्रस्ताव गरिएको थियो। वभिन्न समूहमा विभाजित केन्द्रीय सदस्यहरुले प्रतिवेदन र प्रस्तावित विधानमाथि रायसुुझाव दिएका थिए। 

सोही बैठकले दिएका रायसुझावबारे छलफल गरी प्रतिवेदन तथा विधानलाई अन्तिम रुप दिन स्थायी कमिटी बैठक बसेको पनि जनाइएको छ। साथै समसामयिक राजनीतिक परिस्थिति, सरकारविस्तार, पार्टीका भावी रणनीति तयबारे पनि छलफल हुने एक नेताले बताए। 

प्रकाशित मिति: १५:०० बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्