Kathmandu Press

कलंकी-महाराजगञ्ज सडक पनि आठ लेनको बनाइँदै

काठमाडौं, साउन १ : कंलकीदेखि महाराजगञ्जसम्मको सडकलाई आठ लेनको बनाइने भएको छ। सडक विभागले महाराजगञ्जसम्म नभएर चावहिलसम्म पुर्‍याउन चिनियाँ कम्पनीसँ....

कलंकी-महाराजगञ्ज सडक पनि आठ लेनको बनाइँदै
फाइल फोटो

काठमाडौं, साउन १ : कंलकीदेखि महाराजगञ्जसम्मको सडकलाई आठ लेनको बनाइने भएको छ। सडक विभागले महाराजगञ्जसम्म नभएर चावहिलसम्म पुर्‍याउन चिनियाँ कम्पनीसँग प्रस्ताव गरेको छ।

चीन सरकारको सहयोगमा कलंकी–कोटेश्वर सडक निर्माण गरेको कम्पनीले नै कलंकी महाराजगञ्ज सडक निर्माण गर्ने भएको हो। पहिलो चरणमा कलंकी–कोटेश्वर विस्तार गरिएको र दोस्रो चरणमा कलंकी–महाराजगञ्ज सडक विस्तार गरिन लागेको सडक विभागका वैदेशिक प्रोजेक्ट महाशाखाका निर्देशक अर्जुन थापाले बताए।

Hardik ivf

यो कलंकी–कोटेश्वरजस्तै ५० मिटर चौडाइको हुनेछ। ८.२ मिटर लामो यो सडक पनि आठ लेनको हुनेछ। यसमा सात अर्ब लाग्ने अनुमान गरिएको छ। पुरानै सम्झौताअनुसार काम हुने महाशाखाका निर्देशक थापाले बताए। उनका अनुसार चिनियाँ टोली यही महिना अवलोकनका लागि आउँदै छ।

चसनियाँ कम्पनीले कलंकी–कोटेश्वर जस्तै बनाउने प्रस्ताव गरेको छ। तर, पछिल्लो समय त्यो सडकमा दुर्घटना बढेकाले नयाँ मोडेलमा जाने र नयाँ तरिकाले गर्नु पर्ने विभागले प्रस्ताव गरेको थापाले बताए। ‘डिभाइटर राखेर नयाँ तरिकारबाट गर्ने कि भन्ने हाम्रो प्रस्ताव छ,’ उनले भने।

यसमा चिनियाँ कम्पनी सकारात्मक रहेको जनाएको छ। साउनमा चिनियाँ टोली अवलोकनका लागि आएपछि निर्माण सम्झौतामा हस्ताक्षर गरिने थापाले बताए। विभागले चावहिलसम्म बनाउने प्रस्ताव गरेको छ। यही महिना यसको टुङ्गो लाग्ने जनाएको छ। 

चिनियाँ टोली आएलगत्तै डीपीआर निर्माणको काम सुरू हुनेछ। डीपीआर तयार गरेर दशैंपछि नै निर्माण सुरू गर्ने तयारी रहेको सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले बताए। आकाशे पुल, ट्राफिक लाइट, बत्तीसहितको व्यवस्था गरिने विभागले जनाएको छ। यो वर्ष निर्माण थालनी हुने कलंकी–महाराजगञ्ज सडक तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

 

प्रकाशित मिति: ११:२३ बजे, बुधबार, साउन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्