Kathmandu Press

जापानबाट आइपुग्यो २ लाख ८ हजार ७ सय डोज एस्ट्राजेनेका खोप

नेपालमा अहिलेसम्म कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३ सय २० एस्ट्राजेनेका गरी  १ करोड ८ आठ लाख ६० हजार १ सय ७० डोज खोप आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जापानबाट आइपुग्यो २ लाख ८ हजार ७ सय डोज एस्ट्राजेनेका खोप

काठमाडौं, भदौ ५ : कोभ्याक्स सुविधामार्फत जापानबाट कोरोनाविरुद्धको २ लाख ८ हजार ७ सय डोज एस्ट्राजेनेका खोप नेपाल ल्याइएको छ।

जापानले उपलब्ध गराउने भनिएका १६ लाख डोज खोपमध्ये शनिबार उक्त परिमाणको खोप शनिबार नेपाल ल्याइएको हो। योसहित ९ लाख डोज खोप नेपाल आइसकेको छ। 

बाँकी ७ लाख डोज दुई चरणमा गरी नेपाल ल्याउने योजना रहेको स्वास्थ्य मन्त्रालय खोप व्यवस्थापन महाशाखाले जनाएको छ।

यसअघि ल्याइएको खोप गत चैतमा कोभिसिल्डको पहिलो डोज लगाएएर दोस्रो कुरिरहेका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकलाई दिइसकिएको छ। 

नेपालमा अहिलेसम्म कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३ सय २० एस्ट्राजेनेका गरी  १ करोड ८ आठ लाख ६० हजार १ सय ७० डोज खोप आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म ३७ लाख ९९ हजार १ सय ७८ जनाले कोरोनाको पूर्ण र ४९ लाख ७ हजार ५ सय २३ जनाले पहिलो डोज खोप लगाइसकेका छन्।

प्रकाशित मिति: १४:२७ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्