Kathmandu Press

भारतमा दैनिक संक्रमितको संख्यामा फेरि कमी

नयाँ दिल्ली, भदौ ५ : भारतमा दैनिक संक्रमितको संख्यामा फेरि कमी आएको छ। सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा...
भारतमा दैनिक संक्रमितको संख्यामा फेरि कमी

नयाँ दिल्ली, भदौ ५ : भारतमा दैनिक संक्रमितको संख्यामा फेरि कमी आएको छ। सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन्। जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ संक्रमित थपिएका थिए।

त्यसैगरी अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्यामा पनि कमी आएको छ।

अघिल्लो दिन ५४० जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार अहिले संक्रमित अवस्थामै रहेकाको संख्यामा पनि १५१ दिन यताकै सवैभन्दा धेरै रहेको छ। अहिले भारतमा तीन लाख ६१ हजार ३४० जना संक्रमित अवस्थामै रहेका छन्। यो पनि अघिल्लो दिनको तुलनामा कम हो। 

अघिल्लो दिन भने संक्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या तीन लाख ६३ हजार ६०५ रहेको थियो। कोरोना भाइरसबाट संक्रमित भएर पनि भारतमा अहिलेसम्म तीन करोड १५ लाख ९७ हजार ९८२ जना संक्रमणमुक्त भइसकेका छन्। तीमध्ये पछिल्लो २४ घण्टामा ३६ हजार ३४७ जना संक्रमणमुक्त भएका हुन। 
 

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, भदौ ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्