Kathmandu Press

तीन दिन मनसुन निष्कृय रहने, बाढीकाे सम्भावना न्यून

काठमाडौं, साउन १ : एक साता बाढी र पहिरोले क्षति पुर्‍याएको भएपनि अब केही दिन भने विपद् नआउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ....

तीन दिन मनसुन निष्कृय रहने, बाढीकाे सम्भावना न्यून

काठमाडौं, साउन १ : एक साता बाढी र पहिरोले क्षति पुर्‍याएको भएपनि अब केही दिन भने विपद् नआउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार, आगामी केही दिन मनसुन निष्क्रिय रहनेछ।

आज बिहान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आगामी तीन बाढीको सम्भावना नरहेको जनाएको छ। ‘हाल देशका सबै प्रमुख तथा मझौला नदीहरूमा वहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा छ,’ बुलेटिनमा भनिएको छ, ‘आगामी तीन दिन ठूलो बाढी विपद्को कुनै सम्भावना देखिँदैन।’

न्यून चापीय रेखा दक्षिणतिर सरेकाले मनसुन निस्क्रिय रहेको विभागले जनाएको छ। तीन दिन मनसुन निष्क्रिय रहँदा ठूला तथा मझौला नदीहरूमा बाढीको सम्भावना पनि नरहेको जनाएको छ।

त्यस्तै, आजदेखि निष्क्रिय रहेको मनसुन अर्को सोमबारदेखि सक्रिय हुने विभागले जनाएको छ। सोमबारपछि मात्रै भारी वर्षाको सम्भावना रहेको विभागको अनुमान छ।

आगामी तीन दिन भने नारायणी जलाधार क्षेत्रमा मात्रै वर्षाको सम्भावना रहेको छ। अन्य भेगमा मौसम सफा रहने जनाएको छ।

त्यस्तै, भोलि सबै नदीहरूमा पानीको वहाव घट्नेछ। पर्सिदेखि महाकाली जलाधार क्षेत्रमा नदीहरूमा पानीको वहाव बढ्ने जनाएको छ।

प्रकाशित मिति: १०:१७ बजे, बुधबार, साउन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्