Kathmandu Press

खम्बामा बाँधेर महिला वडा सदस्यमाथि निर्घात कुटपिट 

काठमाडौं, भदौ ५ : बाराको कलैयामा एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको आरोपमा स्थानीय जोगिन्द्र साहसहित आठजनालाई प्रहरीले नियन्त्रमा लिएको छ।उनीहरुविरुद्ध जिल्ला अदालत...
खम्बामा बाँधेर महिला वडा सदस्यमाथि निर्घात कुटपिट 

काठमाडौं, भदौ ५ : बाराको कलैयामा एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको आरोपमा स्थानीय जोगिन्द्र साहसहित आठजनालाई प्रहरीले नियन्त्रमा लिएको छ।

उनीहरुविरुद्ध जिल्ला अदालत बारामा मुद्दा दायर भइसकेको प्रहरीले जानकारी दिएको छ ।

कलैया उपमहानगरपालिका-२७ की वडा सदस्य तारादेवी पासवानमाथि कुटपिट भएको थियो। कुटपिटमा संलग्न सबै स्थानीय रहेको बताइएको छ। प्रहरीका अनुसार उनीहरूले वडा सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेका थिए। 

पासवानलाई कुट्ने समूहमा जोगिन्द्रसहितको स्थानीय रहेको प्रहरीले जनाएको छ। पासवानमाथि स्थानीय एक महिलालाई पुरुषसँग भगाउन मिलेमतो गरेको आरोप कुटपिटमा उत्रिनेहरुले लगाएको बताइएको छ ।

महिला वडा सदस्य पासवानमाथि आक्रमणको सूचना पाएलगत्तै गएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको उद्धारपछि उनलाई कलैया अस्पतालमा भर्ना गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए।

प्रकाशित मिति: १२:४३ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्