ताप्लेङजुङ जिल्ला अदालतमा सत्तरी प्रतिशत मुद्दा फर्छ्योट
ताप्लेङजुङ, भदौ ५ : ताप्लेङजुङ जिल्ला अदालतले आर्थिक बर्ष २०७७÷०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ। कूल ४५२ मुद्दामध्ये ३१३ फछ्र्यौट भएको हो...
ताप्लेङजुङ, भदौ ५ : ताप्लेङजुङ जिल्ला अदालतले आर्थिक बर्ष २०७७÷०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ। कूल ४५२ मुद्दामध्ये ३१३ फछ्र्यौट भएको हो ।
अघिल्लो आवमा जिम्मेवारी सरी आएका १४४ तथा नयाँ दर्ता भएका ३०८ थान गरी ४५२ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिए।
चालू आर्थिक बर्षका लागि भने १३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिना भित्रका आठ, छदेखि १२ महिनाभित्रका ४१ र छ महिना भित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ।
गत आवमा छ महिना भित्रका १२०, छदेखि १२ महिना भित्रका १५३,१२देखि १८ महिना भित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कूल ३१३ मुद्दा फछ्र्यौट भएको थियो।
प्रकाशित मिति: १२:२६ बजे, शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

