गत पाँच सातामा ४८ लाखले लगाए कोरोनाको खोप, दुवै डोज लगाउनेको संख्या १३ प्रतिशत पुग्यो
अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन्।
काठमाडौं, भदौ ५ : प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच सातामा ४८ लाखभन्दा बढिले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै नागरिकलाई नि:शुल्क खोप दिलाउनु रहेको घोषणा गरेका थिए। उनी प्रधानमन्त्री भएयता बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै खोप पाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ ।
त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। त्यस्तै, ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् ।
दुवै डोज खोप लगाउने संख्या कुल जनसंख्याको १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् । देउवा प्रधानमन्त्री हुनुअघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थियो । पछिल्लो पाँच सातामा खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको छ ।
सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप नि:शुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै नागरिकलाई नि:शुल्क खोप दिलाउने सरकारको तयारी छ ।









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

