Kathmandu Press

प्रधानमन्त्री देउवासँग बेलायती राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायती राजदूत निकोला पोलिटले शुक्रबार शिष्टाचार भेट गरेकी छन् ।
प्रधानमन्त्री देउवासँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं, भदौ ४ : प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायती राजदूत निकोला पोलिटले शुक्रबार शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री निकास बालुवाटारमा भएको भेटमा नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध, कोभिड–१९ महामारी नियन्त्रण, जलवायु परिवर्तनको क्षेत्रमा सहकार्य, ‘कोप–२६’ लगायत विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि र काठमाडौंस्थित बेलायती दूतावासका अधिकारीहरू पनि सहभागी थिए ।

प्रकाशित मिति: २१:१८ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्