Kathmandu Press

सनाखतका लागि प्रस्तावित दुवै दललाई ९ गते आयोगले बोलायो

काठमाडौं, भदौं ४ : नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।नेकपा एमालेबाट दल विभाजन भई माधव...
सनाखतका लागि प्रस्तावित दुवै दललाई ९ गते आयोगले बोलायो

काठमाडौं, भदौं ४ : नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

नेकपा एमालेबाट दल विभाजन भई माधव नेपालको अध्यक्षतामा गठित नेकपा एमाले (समाजवादी) ले स्वयं अर्कै नयाँ नाम प्रस्ताव गरी आज निवेदन दर्ता गराएको हो । नेकपा एमाले (समाजवादी) ले बुधबार दल दर्ताका लागि दिएको निवेदनमा उल्लेखित दलको नाम परिवर्तन गर्न निवेदन संशोधन दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दल दर्ताका लागि आयोगले यही भदौ ९ गते सनाखतका लागि दलका सदस्यलाई बोलाएको छ । दलका सांसद र कार्यसमिति सदस्यको सनाखतपछि आयोगको बस्ने बैठकले दल दर्तासम्बन्धी निर्णय सुनाउने छ ।

यसअघि माधव नेपाल समूहले प्रस्ताव गरेको नामका विषयमा अनौपचारिक छलफल हुँदा विगत नेकपाकै जस्तो परिस्थिति आउन सक्ने आकलन गरी नाम परिवर्तनका लागि निवेदन संशोधन गरिएको अनुमान छ । गत फागुन २३ गते सर्वोच्च अदालतबाट भएको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ऋषि कट्टेलको नेकपासँग नाम मिल्न गयो भनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता खारेज गरेको थियो ।

महन्थ ठाकुरको अध्यक्षतामा गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि सनाखतका लागि आयोगले यही भदौ ९ गते नै बोलाएको छ । 

प्रकाशित मिति: २०:४१ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्