Kathmandu Press

गण्डकीमा थप ३०३ जना संक्रमित, ५ जनाको मृत्यु 

काठमाडौं, भदौं ४ : गण्डकी प्रदेशमा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा...
गण्डकीमा थप ३०३ जना संक्रमित, ५ जनाको मृत्यु 

काठमाडौं, भदौं ४ : गण्डकी प्रदेशमा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा गरिएको नमूना परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये १५३ महिला र १५० जना पुरुष रहेका छन् ।

प्रदेशका ८ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कास्की ११० बागलुङ १९, स्याङ्जा ३६, म्याग्दी ७, पर्वत ७,गोरखा ४८, लमजुङ ४  तनहुँमा ३५ र नवलपुरमा २५ जनामा संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७८ हजार १५० पुगेको छ । यस्तै, गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखराका २, नवलपरासी पूर्वका २ र पर्वतका एक जना रहेका छन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२६ जना पुगेको छ। गण्डकी प्रदेशमा हालसम्म ७१ हजार ३२० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा शुक्रबार मात्र संक्रमणमुक्त हुनेको संख्या ५७७ पुगेको छ ।

गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६०४ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्